समाजवादी पार्टिको कार्यक्रममा ग्यास पड्किँदा ४ जना घाइते

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा खाना पकाउने ग्यास लिक भइ पड्किँदा ४ जना घाइते भएका छन् ।

असोज २४ गते शुक्रबार गौशाला नगरपालिका वडा नम्बर ८ मा  समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो ।  विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश (सरोज) यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।

गौशाला स्थित एक पोलिक्लिनिकमा घाइतेहरुको  प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ । साथै उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादव गम्भिर घाइते भएका छन् । भने  सन्ताेष  पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?