सिरहाका शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण

पोखरा, २६ पुस । असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले पीडित व्यक्तिलाई मंगलबार न्यानोका लागि राहत वितरण गरिएको रेन्बो चिल्ड्रेन होमका निर्देशक गोमा ढकालले जानकारी दिए राहत सामग्रीमा कम्बल, ज्याकेट, टोपी, ट्राउजर, मोजा, जुत्ता, चप्पल, गलबन्दी, म्याट्रेस, स्विटरलगायत न्यानो कपडा रहेको बताउँदै उनले उक्त क्षेत्रमा पुग्दा त्यहाँको मुसहर बस्तीमा व्यवस्थित घर नरहेको र उनीहरू चिसो भुइँमा पराल ओछ्याएर बस्न बाध्य रहेको पाइएको उल्लेख गरे “अत्यधिक गरिबीका कारण उनीहरूसँग न्यानो कपडा नभएको र बालबालिका नाङ्गै खुट्टाले हिँड्ने भएकाले चिसोको कारण बिरामी पर्ने गरेको पायौँ,” – ढकालले भने रोट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सेजले कपडा संकलनमा सहयोग गरेको थियो । उक्त राहत वितरणमा अन्दाजी रु पाँच लाख बराबरका सामग्री प्रदान गरिएको थियो न्यानो राहत वितरण कार्यक्रममा गोलबजार नगरपालिका प्रमुख देवनाथ शाह, प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, वडाध्यक्षहरू, वडादस्यहरू, प्रहरी प्रशासन र स्थानीय समाजसेवीको रोहबरमा न्यानो राहत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?