नेपाल प्रवेश गर्यो सी सवार विमान

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार विशेष विमान नेपाल प्रवेश गरेको छ । फ्लाईट राडारका अनुसार उहाँ सवार एअर चाईनाको बोईङ ७४७ /८९ (B ७४८) विमान नेपाल प्रवेश गरेको हो । २ दिने राजकिय भ्रमणका नेपाल आउनुभएकाउहाँ सवार विमान भारतको चेन्नइबाट काठमाडौंका लागि १ः४५ बजे उडेको थियो । 

यसैबिच उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरु पनि विमानस्थलमा उहाँको स्वागतका लागि जानुभएको छ ।
यो बिचमा प्रहरीले तैनाथी बाक्लो बनाइसकेको छ । सडक खाली गराइएको छ । सर्वसाधारणलाई बाहिर निस्केर हिँडडुल गर्न रोक लगाइएको छ । सी को अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?