आफ्नै आमालाइ बलात्कारको प्रयास गर्ने छोरा प्रक्राउ

काठमाडौं । आफ्नै आमालाइ बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले कैलालीका एक युवकलाइ पक्राउ गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।

शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा ती युवक एक्कासी आमाको कोठामा पुगेका थिए । साथै हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । आमा कराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

साथै घटनाको बारेमा थप अनुसन्धान भइरहेको सुखड प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?