‘छ माया छपक्कै’ लाई दर्शकको साथ

काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रमा दीपक–दीपा टीमले निर्माण गरेका चलचित्रले निकै राम्रो व्यापार गरेर रेकर्ड कायम गर्दै आएका छन् । छक्का पञ्जा नाम एउटा ब्राण्ड नै बनिसकेको छ । चलचित्र छक्का पञ्जाको तेस्रो सिरिज पनि प्रदर्शन भईसकेको छ ।

यो चलचित्रले पनि निकै राम्रो व्यापार गरेको थियो । छक्का पञ्जाले राम्रो व्यापार गरेपछि छक्का पञ्जा २ र ३ निर्माण गरेको टीमलाई अर्काे नामको चलचित्र निर्माण गर्दा व्यापार नगर्ने डरले छक्का पञ्जाको नै नाम बेचिरहेको आरोप लागेको थियो ।

तर त्यो आरोप अहिले छ माया छपक्कै चलचित्रले निराधारमा परिणत गरिदिएको छ । दिपेन्द्र लामाद्वारा निर्देशित चलचित्र छ माया छपक्कै गएको शुक्रबारबाट प्रर्दशनमा छ । यो चलचित्रले २ दिनमा नै निकै राम्रो व्यापार र दर्शकको माया प्राप्त गरेको छ ।

दशैँ अगाडी नै चलचित्र प्रदर्शनको लागि निकै कसरत गर्दा पनि सफल नभएको टीम अहिले निकै खुसी देखिएको छ । चलचित्र हेर्ने लगभग शत प्रतिशत दर्शले नै राम्रो प्रतिक्रिया दिएपछि निर्माण यूनिट निकै प्रफुल्लित देखिएको छ ।

चलचित्रमा माया प्रेम, छिमेकी गाउँको सम्बन्ध र राजनीतिलाई त्रिकोणात्मक रुपमा प्रस्तुत गरिएको छ । राजनीतिक स्वार्थका कारण बन्धक बनेको माया प्रेम र छिमेकी छिमेकीबीचको टकराबले यथार्थ समाजको चित्रण गर्न खोजेको छ ।

यहि विषयलाई दर्शकले रुचाएका छन् । चलचित्र प्रदर्शनको दोस्रा दिन दर्शकको निकै उत्साहजनक उपस्थीति चलचित्र घरहरुमा रहेको निर्माण टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?