चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : महत्वपूर्ण सन्धि सम्झौतामा हस्ताक्षरसहित के छ आजको सेड्युल ?

काठमाडौँः २ दिने राजकिय भ्रमणका लागि हिजो नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिजो नै भेटवार्ता गरीसक्नुभएको छ । त्यस्तै सोल्टी होटलमा आयोजित रात्रीभोजमा हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ । राष्ट्रपति सीले केहिबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ । प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुनेछ।
भेटका क्रममा केही महत्वपूर्ण सन्धि-सम्झौतामा हस्ताक्षर हुने तयारी छ।

बिहान ८ः३० बजेदेखि सी’ले उच्चस्तरीय भेटवार्ता सुरु गर्नुभएको छ । वार्ता उहाँ बस्नुभएको सोल्टी होटलमै भइरहेको छ । त्यसैले अहिले सवारीसाधन आवागमनमा समस्या छैन ।

भ्रमण सकेर राष्ट्रपति सी आजै स्वदेश फर्कनुहुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?