यू–१५ साफ च्याम्पियनसिप : भुटानको सामना गर्दै नेपाल

काठमाडौं । तेस्रो संस्करणको यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।  भुटान समेत प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसंग पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई नतिजा सुम्पिएको थियो ।

नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसंगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ । तर एक खेल अगावै फाईनल पुगेपनि दुवै टिमले लिग चरणको अन्तिम खेल आज खेल्नेछन् ।

पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित भुटान गएको नेपाली टिम लगातार दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो । पहिलो खेलमा भारतलाई ४-१ र दोस्रो खेलमा बंगलादेशलाई २-१ को नतिजा नेपालले सुम्पिएको थियो ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेश र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?