काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका-४ सुनमाईबाट अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे.१ च ६६८५ नम्बरको टाटासुमो जीप जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्था करिब ६ केजी गाँजा फेला पारी जीपमा सवार तामाङलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया