५० प्रतिशत हकप्रद बिक्री गर्दै एशियन लाइफ इन्स्योरेन्स

काठमाडौं, २६ पुस । एशियन लाइफ इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूजी पुर्याउने क्रममा रहेकोले ५० प्रतिशत हकप्रद बिक्री गर्न माघ ८ गते सेयरधनी किताब बन्द गर्ने भएको छ यस अनुसार ७ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएसँगै एसियनले बुकक्लोज तोकेको हो । गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले ०७५ असारसम्ममा चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाट रहेको छ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ । कम्पनीको सेयर मूल्य मंगलबार प्रतिकित्ता १४२० रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?