काठमाडौं । संखुवासभामा मानसिक रोगी महिला बलात्कृत भएकी छिन् । मादी–४ की ३५ वर्षीया महिला बलात्कृत भएकी हुन् । मानसिक रुपमा रोगि रहेकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ ।
आइतबार बिहान मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार कुलिन जिल्लामा करिब एक दशकदेखि कवाडी सामान किनबेच गर्दै आएका थिए ।
उनी भारत माल्दाको नमुनियाका हुन् । प्रहरीका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने अन्य पाटामा अनुसन्धान जारी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया