काठमाडौं । काठमाडौंमा नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन भोलि सुरु हुने भएको छ । साथै सम्मेलन तीन दिन चल्नेछ ।
आज काठमाडौंमा संघले पत्रकार सम्मेलन गरेर सम्मेलनबारे जानकारी दिएको छ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको संघले बताएको छ ।
गैरआवासीय नेपालीहरुलाई नवौं विश्व सम्मेलनबाट सबै एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रलाई सार्थक गराउने अपेक्षा रहेको संघको भनाइ छ ।
सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
साथै सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहने बताइएको छ । यसै वर्ष संघको नयाँ नेतृत्व पनि चयन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया