गाउँमै चिस्यान केन्द्र

फलेवास, पर्वत, २६ पुस – गाउँमै चिस्यान केन्द्र खुलेपछि किसानले राहत पाएका छन् पाँच वर्षदेखि व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका फलेवास नगरपालिका–७ लिमिठाना र वडा नं १० कुर्घाका किसानले गाउँमै चिस्यान केन्द्र खुलेपछि राहत पाएका हुन् स्थानीय कृषक बुद्धिराम शर्मा भन्छन, “अब दूधको भाँडो बोकेर तीन घण्टा हिँंड्दै कुस्मा बजार पुग्नुपर्ने बाध्यता छैन । दूध फाट्ला भन्ने चिन्ता पनि छैन ।” घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि दूध खेर नजाने भन्दै शर्मालगायत किसान खुशी भएका छन् विगतमा किसानले दूध बिक्री गर्न निकै समस्या खेप्नु परेको थियो । अब दूध बोकेर कुश्मा बजार धाउनुपर्ने समस्या हटेको छ । चिसापानी सहकारी संस्थाले गाउँमै चिस्यान केन्द्र स्थापना गरेको हो । उक्त गाउँका करिब ५० घरधुरीले चिस्यान केन्द्रमा दूध जम्मा गर्न थालेका सहकारीका अध्यक्ष युवराज शर्माले बताए “एकजना किसानले दैनिक १५ देखि ४० लिटरसम्म दूध जम्मा गर्छन्,” उनले भने । किसानले बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म चिस्यान केन्द्रमा दूध संकलन जम्मा गर्ने गरेका छन् । किसानले प्रतिलिटर दूधको रु ३५ देखि रु ४८ सम्म पाउने गरेका छन् दुग्ध चिस्यान केन्द्र सञ्चालनका लागि रु ४० लाख खर्च भएको सहकारीका सचिव शोभा क्षेत्रीले बताए । सांसद विकास कोषमार्फत रु तीन लाख, जिल्ला पशुसेवा कार्यालयले रु ६ लाख तथा रु ३१ लाख किसानबाट संकलन गरिएको हो “चिस्यान केन्द्रबाट मासिक रु पाँच लाख बराबरको दूध बिक्री भइरहेको छ,” उनले भने लप्सी बेच्न भ्याइनभ्याईपर्वतमा यतिबेला कृषकलाई लप्सी बेच्न भ्याइनभ्याई छ । फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसालले सामुदायिक खाद्य प्रशोधन उद्योग खोलेर लप्सी खरिद गर्न थालेका छन उद्योगले माडा, क्याण्डी, अचार, तितौरा, जाम, अमिलो धूलोलगायत परिकार उत्पादन गर्न थालेको छ । उद्योगले बोटबाटै लप्सी खरिद गर्न थालेको छ । उद्योगका सञ्चालक भुसाल भन्छन, “गत वर्ष प्रशोधनपछि ४० टन विभिन्न परिकार बनाइएको थियो । यस वर्ष ६० टन पुग्ने आशा छ ।”गत वर्ष उनले क्याण्डी, जाम र तितौरा करिब १० क्विन्टल अमेरिका निर्यात गरेका थिए । खरिदकर्ताले कात्तिक–मंसिरमा बोटै ठेक्कामा लिने गरेका छन् । उनीहरुले प्रतिकिलो रु २५ देखि रु ३० मा लप्सी खरिद गर्ने गरेका छन् । औसतमा एउटा बोटमा करिब चार क्विन्टलसम्म लप्सी फल्ने गरेको किसान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?