ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । ललितपुर महानगरपालिका-१७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?