काठमाडौं । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका-८ बस्ने २७ वर्षीय सत्य सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । सदाले ती किशोरीलाई बिवाह गर्छु भनी प्रलोभन देखाई गत २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया