अस्ट्रेलियाका लागि नेपालको राजदूतमा दाहाल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपालको राजदूतमा महेश दाहाललाई नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा उहाँलाई मंगलबार राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयाे ।

तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा महेशलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?