काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस सुरू भएको छ।
महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले र सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दै हुनुहुन्छ । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ।
सरकारी वकिलको तर्फबाट उमाकान्त पौडेलले महरालाई अझै तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने माग गर्नुभएको छ ।
उक्त घटनाको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न पत्र काटेको थियो ।
महरालाई संसद सचिवालयकी कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका हुन् । उनलाई असोज १९ गते पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया