काठमाडौं । महानायक राजेश हमालले एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई भेट्नु भएको छ । कीर्तिपूर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न पुगेका हमालले मुस्कानलाई भविष्यमा के बन्ने इच्छा छ भन्दै प्रश्न गर्नुभएको थियो ।
जवाफमा मुस्कानले डाक्टर बन्ने सपना रहेको बताउनुभयो । मुस्कानको उत्तर सुनेपछि महानायक हमालले भन्नुभयो, ‘तिम्रो उमेरमा म कलाकार बन्छु भनेर लागेको थिएँ, तिमी डाक्टर हुनुपर्छ भनेकी छौ, जसरी भए पनि हुनुपर्छ है !’
अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उहाँको हौसला बढाउने प्रयास गर्नुभयो । उहाँले मुस्कानलाई निको भइसकेको र अब छिट्टै घर जाने दिन आएको भन्दै हौसला समेत प्रदान गर्नुभयो । उपचाररत मुस्कानलाई यसअघि बलिउड सेलिब्रेटी र थुप्रै नेपाली सेलिब्रेटीले पनि हौसला बढाउन भेट गरेका छन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया