चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक, खानेपानी मन्त्री भन्छिन् ‘महिला सशक्तीकरणको कथा बुलन्द’

काठमाडौं । चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री विना मगरको पनि सहभागिता रहेको थियो ।

चलचित्रको टे«लर सार्वजनिक भएपछि मन्त्री मगरले सरौतोले महिला सशक्तीकरणको कथा बुलन्द रुपमा उठाएको बताउनुभयो । यसको विषयवस्तु राम्रो लागेर म पनि सहभागी भएको उहाँको भनाई थियो ।

नेताले बोलेर जनतालाई फैल्याउने चेतना भन्दा कलाकारले कला मार्फत प्रस्तुत गर्ने चेतनाको सन्देश बढी प्रभावकारी हुने मन्त्री मगरेको भनाई थियो । आफुले पनि महिला सशक्तिकरणको बिषय पहिल्यैदेखि उठाउँदै आएको भन्दै मन्त्री मगरले सरौतो फिल्म सबैले हेर्नुपर्ने फिल्म बनेको बताउनुभयो ।

चलचित्रले एक महिलाको संघर्षको कथा बोकेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय रहेको चलचित्र कात्र्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?