काठमाडौँ । जिल्ला अदालत धनुषाले सांसद प्रमोदकुमार शाहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि शाहलाई मंगलबार पक्राउ गरेको थियो । उनलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो ।
प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको जनाइएको छैन ।
शाह सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया