काठमाडौं । पर्वतमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा मोदी गाउँपालिका-५ घर भएका प्रकाश विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उक्त कार्यालय जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया