काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि भएन भनेर गुनासो तथा सरकारको विरोध गर्नेलाई आँखा खोलेर हेर्न आग्रह गर्नुभएको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदानसहिततको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासले गति लिएको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न आग्रह गरे ।
उहाँले हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर उपलब्धी हासिल गरेको सुनाउँदै भन्नुभयो, जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनायौँ । ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’ हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान चलिरहेको छ ।
कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित हुनुभएको छ ।
चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो । १ सय २० जना कर्मचारी ब्यांकेटले खटाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया