काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई क्रिकेटर पारस खड्काले भेटघाट गर्नुभएको छ ।
मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेटी हौसला दिनुभएको हो । मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको र मुस्कानको मुहारमा सधैं हासो देख्न चाहेको उल्लेख गर्दै एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
यो समाचार पढ्नुभएको थियो ?
एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)
एसिड आक्रमणमा परेकी मुस्कानको सम्पूर्ण खर्च प्रदेश २ सरकारले व्यहोर्ने
बेड नं ४०६ : पीडितलाई देखेपछि लाग्छ, एसिड छ्याप्नेलाई झुन्ड्याइयोस् !
एसिड आक्रमण गर्नेलाई फाँसी दिनुपर्छः सांसद यादव
प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !
मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका समाजसेवी उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्याउनुभएको हो । उहाँले मुस्कानको पीडा भुलाउन विभिन्न सेलिब्रेटीहरुसँग मुस्कानको भेट गराएका बताउनुभयो ।
यसअघि मंगलबार मुस्कानलाई भेट्न अभिनेता राजेश हमाल पुग्नुभएको थियो ।
गायक राजु लामाले भेटे एसिड आक्रमणकी पीडित मुस्कान खातुनलाई, सुनाए यस्तो गीत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया