चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताउनुभएको छ । यो भ्रमणका धेरै आयाममध्ये त्रिदेशीय साझेदारीको आधार बनाउनु सबैभन्दा ठूलो उपलब्धि रहेको उहाँको भनाई छ ।

आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको स्मरण गर्दै प्रचण्डले भन्नुभयो, राजनीतिक रुपले समझदारी बन्दै गएको छ । ‘राष्ट्रपति सी भ्रमणले विश्वास र सद्भावलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ प्रचण्डले थप्नुभयो, ‘भ्रमणका बेला भएका सहमति र समझदारीले नेपाललाई उज्वल भविष्यतिर लैजान सघाउँछ।’

काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको चियापान चलिरहेको छ ।

सत्तारुढको चियापान : आँखा खोलेर हेर्नोस् भन्दै प्रधानमन्त्री कड्कीएपछि‘…

कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित हुनुभएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?