नुवाकोटको बट्टार बजार तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौं । नुवाकोटको बट्टार बजारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि विरोध जनाउँदै स्थानियले बिरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा.४ ख ७५०४ नम्बरको बसले एक बालकलाई ठक्कर दिंदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।


बालकको मृत्यु भएपछी स्थानीय सडकमा उर्लिएर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र स्थानियबिच झादम समेत भएको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?