बालकको मृत्युपछि बट्टारबजार तनावग्रस्त, प्रहरी र स्थानियको झडपमा प्रहरीसहित ११ घाइते

काठमाडौं । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका १० वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको हो ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका छन् भने बस तोडफोड भएको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । झडपमा एक प्रहरीसहित ११ जना घाइते भएको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए।

उक्त काहुलेबाट काठमाडौंका लागि छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?