काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला सदरमुकाम लाने तयारी भइरहेको छ । दाङको राजापुर क्षेत्रबाट रातको एक बजेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विस्फोट सामग्री र हतियारसहित दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ बाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक जना केन्द्रीय सदस्य पनि छन् ।
२१ जना कार्यकर्ता विष्फोटकपदार्थसहित किन बाहिर निस्केका थिए भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने एकिन छैन । यसअघि हिजोमात्रै एक जना कार्यकर्ता पक्राउ परेका थिए ।
सरकारले प्रतिवन्ध लगाएसँगै विप्लवका नेता कार्यकर्ता पक्राउ परिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया