शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लाग्दा शिशुको मृत्यु

काठमाडौं । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ ।

गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिदा मृत्यु भएको हो ।

टाउको काटिएपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार मृत्यु भएको हो । आमाको सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पाल्पाको प्रभासस्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?