रवि लामिछानेबारे उच्च अदालत हेटौंडाको आदेश यस्तो छ

काठमाडौं । उच्च अदालत हेटौंडाले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलविरुद्धको जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न आदेश दिएको छ ।

यस्तै अस्मिता कार्की (रुकु)को हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश दिएको छ ।

आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।

सञ्चारकर्मी शालिकराम पुडासैनी घटनामा उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनले गरेको आदेश सदर गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?