एजेन्सी । स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित गरेको छ । क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो ।
बिहिबार आन्दोलनकारी र सुरक्षा निकायबीच झडपका घटना भएका थियो । सोही कारण बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको प्रतियोगिता स्थगित गरिएको हो ।
विविध विकल्पमा छलफल गर्दै स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए । ला लिगाका अनुसार आगामी सोमबार नयाँ मितिका बिषयमा निर्णय हुन सक्नेछ । तर डिसेम्बर १८ को नयाँ मिति प्रस्ताव गरिएको छ ।
स्पेनिस लिगमा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया