अमेरिकी कालोसूचीका बाबजुद हुवावेको आम्दानी २४ प्रतिशतले बढ्यो

काठमाडौं । चिनियाँ उत्पादन कम्पनी हुवावेको अमेरिकी कालोसूचीका बाबजुद पनि आम्दानी निरन्तर बढिरहेको छ।

कम्पनीकाे अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तेस्रो त्राइमासमा करिब २४ प्रतिशतले आम्दानी बढेको पाइएको छ ।

साथै यो अवधिमा खुद नाफा पनि ८ प्रतिशतले बढाएको कम्पनीले अहिले ६ खर्ब १० अर्ब आम्दानी गरेको छ।

त्यस्तै स्मार्टफोनको व्यापार पनि व्यापक बृद्धि भएको कम्पनीले दाबी गरेको छ। अघिल्लो वर्षको तुलनामा स्मार्टफोन बिक्री २६ प्रतिशतले बढेको कम्पनीले बताएको छ।

दूरसञ्चार उपकरण तथा प्रविधिजन्य अन्य उपकरणमा व्यापार विस्तार भएको कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?