काठमाडौं ।नेपाल स्टक एक्चेन्जले वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । हरेक वर्ष नेप्सेमा सुचीकृत कम्पनीले आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । नेपाल स्टक एक्चेन्जका अनुसार ती कम्पनीहरूले नविकरण गरी शुल्क बुझाएका छैनन् । त्यसैकारण पनि शेयर कारोबारमा रोक्का गरिएको नेप्से जनाएकाे छ ।
यसरी शुल्क नबुझाएर कारोबार रोक्का हुनेमा नेपाल टेलिकम देखि युनिलिभर सम्म छन्।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगित गरेको बताएको छ।
करोबार रोक्का हुनेमा १९ लघुवित्त, १८ विकास बैंक, १३ जलविद्युत, १२ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन, २ व्यापार, २ होटल, २ अन्य, तथा २ बीमा समुहका कम्पनीहरुले नविकरण नगरेको नेप्सेले जनाएको छ ।
धितोपत्र सुचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार र त्यस भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।
साथै हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया