साझा यातायातलाई सरकारले दियो यस्तो निर्देशन

काठमाडौं । विद्युतिय बस खरिदको लागी जिम्मा पाएको साझा यातायातलाइ तत्काल बस खरिद नगर्न सरकारले निर्देशन दिएको छ । गत असारमा मात्र यसको जिम्ममा पाएको साझा यातायातलाइ सरकारले भाँजो हालेको साझाको आक्षेप रहेको छ ।

एक वर्ष अगाडि नै सरकारले ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक पत्र लेख्दै साझालाई विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । साझा यातायातका एक पदाधिकारीले सरकारले किन प्रक्रिया रोक्न खोजेको हो भन्ने स्पष्ट नभएको बताएका छन् ।

सरकारले विद्युतीय बस किन्न गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको थियो । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको छ ।

बस किन्नका लागि रकम आएपछि साझासहित विभिन्न सरकारी अधिकारीहरु भारतमा चलेका चिनियाँ कम्पनीका बसको अवलोकन गर्न भारत पुगेका थिए । ती बस हेरेर टोली फर्किएपछि खरिदको प्रक्रिया अघि बढेको थियो । साझाले जीटूजी गरेर ५० वटासम्म बस ल्याउन प्रस्ताव समेत सरकारसँग गरेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?