यस्तो छ चर्चित बलिउड अभिनेत्री रेखाको सुन्दरताको रहस्य

एजेन्सी । चर्चित बलिउड अभिनेत्री रेखाको असली नाम भानुरेखा गणेशन हो । उनी ६० वर्षभन्दा बढी उमेरकी भएपनि सौन्दर्यका कारण उनलाई ‘एजलेस ब्युटि अफ बलिउड’ को उपमा दिइएको छ सन् १९७० को अन्त्यतिर बलिउडमा उदाएकी उनी हरेक अभिनेत्रीको रोलमोडल बन्न सफल भएकी छन् यही सदाबहार बलिउड सुन्दरीको सुन्दरताको रहस्य के हो थाहा पाऔं :-प्रशस्त पानी :  रेखाको अनुहारको चमकको रहस्य हो प्रशस्त पानी पिउनु । उनी दैनिक १० देखि १२ ग्लास पानी पिउछिन् । जसले उनको छालालाई सुख्खा हुन दिएको छैन निद्रा पुग्ने गरी सुत्नु : साँझ चाँडै सुत्नु र बिहान सबेरै उठ्नु उनको दैनिकी हो । निद्रा पुग्ने गरी सुत्नाले उनलाई फिट, सुन्दर, स्वस्थ र ताजा राख्न सहयोग पु¥याएको छ स्वस्थ खानपान : शरीरलाई फिट राख्न स्वस्थ र पोषक तत्वले भरपूर खाना खानुपर्छ भन्नेमा उनी विश्वास राख्छिन् । उनी अस्वस्थकर, जंकफुड, तारेको र बढी पकाइएको खाना कहिल्यै खादिनन् आयुर्वेद र स्पा : शरीर सुन्दर राख्न उनी आयुर्वे्दिक उपचार र एरोमाथेरापीमा विश्वास राख्छिन् । यसका साथै घरमै स्पा गर्छिन् अनुशासित जीवन : उनी अनुशासित जीवन जिउछिन् । सधै खुशी र तनावरहित जीवन नै उनको सुन्दर र सफल व्यक्तित्वको रहस्य हो हेयर प्याक : उनी अमला, सिकाकाई तथा कोकोनट तेलबाट कपाल सुन्दर रहन्छ भन्ने विश्वास राख्छिन् । उनी हप्तामा एकपटक मह, दही तथा अण्डाको प्राकृतिक हेयरप्याक प्रयोग गर्छिन्, जसबाट उनको कपाल लामो, सुन्दर रचम्किलो रहिरहन्छ । चिसोमा कहिल्यै काइयो प्रयोग गर्दिनन् र आफैं सुक्न दिन्छिन् । हेयर ड्राइअर कहिल्यै प्रयोग गर्दिनन् मेक अप रहस्य : उनका अन्य सहकर्मीहरु टाल्कमा बेस्ड ड्राइ मेकअप गर्छन् । तर, उनी भने ओयल बेस्ड मेकअप प्रयोग गर्छिन् । फिल्ममा काम गर्दा पनि आफैं मेकअप गर्ने अभिनेत्रीको रुपमा उनी चिनिन्छिन् । उनी आँखा र ओठको मेकअपका कारण बोल्ड देखिन्छिन् । उनी नियमित रुपमा क्लिन्सिङ, टोनिङ र मोस्चराइजिङ गर्छिन् भने सुत्नुअघि अनिवार्य रुपमा मेकअप उतार्छिन् शारीरिक अभ्यास : उनी नियमित रुपमा १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन् योगा तथा ध्यान : उनी योगा प्रशंसक हुन् । उनी हरेक दिन योगा र ध्यान गर्छिन्, जसले उनको व्यक्तित्वमा निखार ल्याइरहेको छ नियमित नृत्य : उनी नाच मन पराउछिन् । यसका साथै घरमा गार्डे्निङको काम पनि गर्छिन् शाकाहारी खाना : उनी जीवनका अधिकांश समय शाकाहारी रहिन् । भारतीय खानामा समाविष्ट मसलाहरुले शरीर स्वस्थ राख्ने कुरामा उनी विश्वास गर्छिन् । अनार, ब्लुबेरी, बदाम, पेस्ता, ब्रोकाउली, कुरिलो, एभोकाडो उपभोगमा जोडदिन्छन् । यी खानाले शरीर, छाला र कपाल स्वस्थ राख्ने उनको विश्वास छ खानामा सन्तुलन : उनको खानामा एक कचौरा तरकारी, दही, तातो चपाती तथा सलाद हुन्छन् चाँडो डिनर लिने : उनी साँझ साढे सातबजेअघि नै खाना खान्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?