काठमाडौं । सनराइज बैंकले ऋणपत्र जारी गर्ने भएको छ । एक हजार रुपैयाँ अंकित दरको नोट सात वर्ष भुक्तानी अवधि भएको साथै वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
साथै त्यसको लागी बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत प्राप्त गरिसकेको छ ।
त्यस अनुसार एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ। भने एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।
सो ऋणपत्रको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल प्रबन्धक रहेको छ । यो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिनेछ ।
यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम् ३ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन् । साथै यस ऋणपत्रलाई केयर रेटिङ नेपालले न्यून कर्जा जोखिम जनाउने केयर एनपी–ए रेटिङ प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया