काठमाडौं। १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा देव विकास बैंकको सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा बैंकिङ कसूरमा मुद्दा दर्ता भएको छ ।
आइतबार सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिनुभयो।
त्यसमध्ये पक्राउ परेका १३ जना प्रतिवादीलाई आइतबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ।
बैंकका शाखा प्रबन्धक समिर बुढाथोकी, बरिष्ठ प्रबन्धक अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारीतर्फ पोषणप्रसाद जैसी र अर्चना थापा खत्री रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया