काठमाडौं । ‘असारमा मानो रोपेर मङ्सिरमा मुरी भित्र्याउने’ भन्ने भनाइ अनुरुप अहिले नार्गाजुन नगरपालिकाको इचङ्कुमा किसानहरुलाई धान भित्र्याउन भ्याइनभ्याइ छ ।
दशैँ सकिएलगत्तै त्यहाँका किसानहरु प्राय बिहानदेखि बेलुकासम्म खेतमै भेटिन्छन् ।
पुर्खौंदेखि खेतीकिसानी गर्दै आएका ज्ञानबहादुर श्रेष्ठले आफ्नो १४ रोपनी जग्गामध्ये १३ रोपनीमा धान लगाएका छन् । बाँकी १ रोपनीमा फूल । हरेक दिन बिहान उनी आफ्ना छोराछोरीसँग खेतमा पस्छन् र दिनभरि धान काट्ने, छाँट्ने काममा व्यस्त हुन्छन् ।
तस्वीरमा हेर्नुहोस् धान भित्र्याउँदै गरेका इचङ्कुका किसानहरुको व्यस्तता :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया