जनकपुरमा गोली हानी हत्या प्रकरण अपडेट : पैसा उठाउन जाँदा भएको थियो विवाद

काठमाडौं । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण कार्यालय नजिक गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

गोली प्रहारबाट जनकपुरधाम उपमहानगपालिका–१ का अन्दाजी ४० बर्षीय मनोज साहको हत्या भएको हो । जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहलाई पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् । पकंज स्थानीय मुजेलियाका हुन् ।

चौधरीसँग पैसा उठाउन जाँदा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । विवाद चुलिँदै जाँदा चौधरीले पेस्तोल झिकी गोली प्रहार गर्दा साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले अभियुक्त पंकज चौधरीलाई नियन्त्रणमा लिइसकेको छ । उनको साथबाट पेस्तोल बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एकरएक थान र २१ थान गोली समेत बरामद गरेको छ। उनीहरु स्थानीय निर्माण व्यवसायी भएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?