पहिलो भेटमा केटीहरुलाई आकर्षित गर्न सहज पक्कै हुँदैन । केही यस्ता गल्तीहरु छन् जसलाई केटीले स्विकार गर्दैनन् र केटाप्रतिको आफ्नो धारणा परिवर्तन गर्छन् युवतीहरुले यस्तासमान्य स्वभावबारे समेत ख्याल गरेका हुन्छन् । जसलाई तपाईले हेक्का गर्नुभएको खण्डामा केटीसँगको समस्या प्रगाढरुपमा अघि बढ्न सक्छ तपाईं केटीसँगको डेटका लागि वा उनले बोलाएको समयभन्दा केही सयम अघि नै पुग्ने गर्नुस् । यसबाट केटी बढी प्रभावित हुनेछन् । यदी तपाईले केही क्षण मात्र कुराउनु भयो भने पनि तपाई माथि उनी खनिने छिन् । जसले सम्बन्ध सुधारमा समस्या आउन सक्छ केटीलाई महत्व दिनुस्तपाई गफको क्रममा आफ्नो भन्दा उनको बढी कुरा सुन्नुहोस् । उनको बारेमा चासो राख्नुहोस् । जसले गर्दा उनले आफूलाई वास्ता गरेको महशुस गर्नेछिन् र तपाईलाई सकारात्मक रुपमा लिने छिन् तपाईले केटीको तारिफका लागि केही समय अवश्य खर्च गर्नुहोस् । उनको सुन्दरता या स्वभाव, व्यक्तित्वका बारेमा तारिफ गर्नुहोस् जसले गर्दा उनी मख्ख पर्छिन् र त्यसले गर्दा तपाईको सम्बन्धमा थप सुधार आउने छ तपाई युवतीका लागि भेट्न जान लाग्दै हुनुहुन्छ भने आफ्नो व्यक्तित्वलाई ख्याल गर्नुहोस्, कपाल काट्नुहोस्, गेटअपलाई ख्याल गर्नुहोस्, पसिना गन्हाउने युवकलाई युवतीले मन पराउँदैनन् केटीले ध्यान दिने र याद गर्ने महत्वपूर्ण विषय चुम्बन हो । उनको इच्छा विपरित तपाईले जबर्जस्ती चुम्बन नगर्नुहोस्, बरु उनलाई आकर्षित गरेर चुम्बन गर्नुहोस् जो याद गर्न लायक होस् । यसपछि केटीले तपाईको साथ विर्सने छैनन् र तपाईंबाट टाढा जाने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया