आफ्नै बाबुद्वारा १५ वर्षीय छोरी बलात्कृत, यसरी भयो पर्दाफास

काठमाडौं । वीरगञ्जमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।

किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । पक्राउ परेका बाबुमाथि अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?