नेकपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन हुने

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन हुने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीबीच भएको भेटवार्तामा बिगतको गठबन्धनलाई निरन्तरता दिँदै चुनावी तालमेल गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाअध्यक्ष ओलीले विगतको निर्वाचनमा जसले जहाँ सघाएको थियो सोही सहकार्य यथावत राख्ने प्रस्ताव ल्याएको केसीले बताउनुभयो । आफूहरुले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको उहाँको भनाइ छ ।

मौखिक रुपमा सहकार्यको सहमति भए पनि दुई पार्टीबीच लिखित सहमति हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?