तिहारमा देउसीभैलो खेल्न जानुअघि यो सूचना पढ्ने कि ?

काठमाडौं ।नेपालीहरुको मौलिक चाड तिहारले हामी सबैलाइ छपक्कै छोपिसकेको छ ।  दाजुभाइसँग चेलीको भेटघाट, सेलरोटी अनरसा, फूलहरुको रौनकता साथै देउसी भैलो नेपालीहरुको मौलिक चाड तिहारको मुख्य विषेशता नै हुन । शहर होस या गाँउ तिहार भनेपछि रङ्गी चङ्गी र कानमा गुञ्जिरहने ‘देउसी भैलो’ले पनि मानिसहरुलाइ थप उमङ्ग थप्ने गर्दछ ।

किंवदन्ती अनुसार हाम्रा हरेक चाडपर्वहरु परापुर्वकालमा देवी देवताहरुले कुनै न कुनै विजयी भएको अवसरमा मनाउन थालिएको भन्ने सुन्नमा आउने गरेको छ । त्यो पर्वसँग जोडिएर आउने परम्परापनि पक्कै कुनै न कुनै राजा महाराजले खुशियालीमा गरेको कामलाइ गरेको निरन्तरताबाट थिती बस्न गएको हो । विषेश तिहारमा खेलिने देउसी भैली पनि त्यसैबाटको निरन्तरता भन्दा फरक नपर्ला । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको मानिन्छ । अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ । समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ । सामुहिकताको भावनामा आधारित भएर खेलिने देउसीले पछिल्लो समय धेरै सामाजिक कामहरु पनि हुने गरेका छन् । रितिरीवाजलाइ जोगाउँदै एउटा उदेश्य सहितको देउसीले धेरै सामाजिक कामहरु पनि हुने गरेको छ । कतै एम्बुलेन्स किन्ने , कतै सडक निर्माण , कतै मन्दिर निर्माण जस्ता यावत राम्रा कुराहरु हामी प्रशस्तै मात्रामा सुन्दै आएका छौ । साथै पछिल्लो समय परम्परा जोगाउने नाममा विकृतिहरु पनि भित्रिदै आएका छन् । प्रविधीको व्यापक बिकास भएसँगै देउसीमा पनि प्रविधीको धेरै प्रयोगले मौलिकता हराउँदै गएको पाइन्छ । साथै देउसी खेल्ने नाममा धेरै रातीसम्म होहल्ला गर्ने तथा पटाका पडकाउने तथा अन्य कृयाकलापले आम मानिसहरुलाइ सुसुचित गर्नका लागी प्रत्येक वर्ष सरकारले आह्वान समेत गर्ने गरेको छ । हामीले मनाउने पर्वहरुमा पनि मौलिकता जोगाउन पहल गर्नुपर्ने देखिन थालेको छ ।

टिकाटाला, दाजुभाइ दिदिबहिनीको भेटघाट साथै रमाइलोको एक माध्ययम हो देउसीभैलो । तपाइले पनि अघिल्ला वर्षहरुको तिहारमा देउसी भैलो पक्केै खेल्नु भएको होला ? र यसवर्षपनि पक्कै देउसी भैलो त पक्कै खेल्नु होला? परम्परादेखी खेल्दै आइएको देउसीभैलोलाइ पनि धेरै मात्रामा आधुनिकताले छोएका कारण केही मात्रामा मौलिकता भने हराएको छ । साथै हामीले खेलिने देउसीभैलोले कतै अरुलाइ असर पो गरीरहेको पो छ की ? आफूले गरेको रमाइलोबाट अरुलाइ असर परेको नपरेकोमा हामीले ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हामीले तिहारमा देउसी भैलो खेल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

त्यसैले देउसी खेल्न जादा यस्ता कुरामा ध्यान दिनेकीः
⦁ देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा सलंग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्ने
⦁ भुइँचम्पा, पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग गरि समाजमा नकारात्मक असर पर्ने खालका गतिविधी नगर्ने,
⦁ समाजमा नकारात्मक असर पर्ने खालका गीत संगीत तथा श्रव्य(दृश्य सामग्रीको उत्पादन र बिक्री वितरण नगर्ने
⦁ कुनै व्यक्ति वा संस्थाबाट अनुचित दबाबमुलक माग नराख्ने,
⦁ साथै सधैँ देउसी खेल्दा सभ्य भाषा,शिष्ट शैलीमा मनोरञ्जनात्मक साथै मौलिक गीतहरुलाइ प्राथमिकता दिनुपर्दछ ।
हरेक वर्ष तिहारमा हुने यी र यस्ता विकृती विषङ्गीहरु समाजमा हुन नदिनको लागी गृहमन्त्रालयले विज्ञप्ती जारी गर्ने गरेको छ । साथै यस वर्षपनि सरकारले मौलिक चाड तिहारभित्रको मौलिकता हराउन नदिनको लागी आह्वान समेत गरेको छ ।

शुभ तिहार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?