लक्ष्मी बैंकको ११६ औं शाखा ताहाचलमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो विस्तारको क्रममा थप नयाा शाखा खोलेको छ । व्यबसाय विस्तारको क्रममा आफ्नो १ सय १६औं शाखा काठमाडौंको ताहाचलमा नयाँ शाखा सन्चालनमा ल्याएको हो ।

शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

साथै लक्ष्मी बैंकको यो नयाँ शाखासँगै संजाल ४८ जिल्लामा ११६ शाखा, १४० एटिएम, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु समेत पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?