विहिबार पनि नेप्सेमा सुधार, माछापुच्छ्रे बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको बिहिबारको कारोबार पनि बुधबारको जस्तै सुधार आएको छ ।

बुधबार ७.७९ अंकले बढेको नेप्से आज ६.७३ अंकले बढेर ११४९.३४ बिन्दूमा पुगेको छ ।

१५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता शेयर ३२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार परिसूचकका साथै कारोबार रकम पनि वृद्धि भएको छ ।

बिहीबार माछापुच्छ्रे बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस बैंकको आज ७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । भने कारोबारमा आएका समूहमध्ये निर्जीवन बीमा समूह बाहेक सबै समूह बढेका छन् ।

समग्र परिसूचकमा सुधार आएको दिन अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।भने अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?