कात्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।
सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?