३३ तोला सुन लिएर एकजना फरार, प्रहरी भन्छ, ‘खोजी जारी छ’

काठमाडौं । ३३ तोला सुन लिएर पोखराबाट एक जना भारतिय कामदार फरार भएको समाचार छ । आज सुन बजारमा ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउअनुसार ३३ तोला सुनको २३ लाख २३ हजार दुई सय रुपैया हुन आउँछ । भारतको कलकत्ता घर भई हाल पोखरा ९ न्युरोडमा काम गर्ने अन्दाजी ३६ वर्षका उनी ३३ तोला सुन लिएर फरार भएका हुन् ।

अन्दाजी ३६/३७ वर्ष उमेरका भारतीय रञ्जन राजवंशी सुन लिएर फरार भएका हुन् । पोखरा ९ न्युरोडको ‘गोरखा एन्ड बराह ज्वेलर्स इन्डस्ट्रिज प्रा.लिमा काम गर्दै आएका उनी सुन लिएर भागेपछि सञ्चालकले प्रहरी गुहारेका थिए ।
पोखरा ८ सिर्जनाचोकमा रहेको गहना बनाउँने ठाउँमा सुन लिएर गएका उनी बाटोबाटै फरार भएको प्रहरीले जनाएको छ । सुन लिएर फरार हुने राजवंशीको खोजी व्यापक पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?