दाजुभाई बाहिरिँदै, माला भित्रिँदै : दिदि बहिनीले कस्लाइ लगाइदिने ?

काठमाडौं । हरेक पर्वलाइ एक न एक कुराले विषेश बनाउने गर्दछ । भर्खरै मात्र सकिएको दशैंमा अन्य दैनिक उपभोग्य बस्तु, लत्ताकपडा जस्तै मासुको आयात एवम खपतलाई विषेश रुपमा हेरियो र चर्चा पायो । त्यस्तै तिहारको समयमा झिलिमिली बत्ती साथै फूल र मालाको आयात एवं खपतलाइ विषेश चर्चा हुने गरेको छ ।

उज्यालोको पर्व तिहारलाइ फूलले विषेश बनाउने गर्दछ । तर आफूलाइ चाहिने अन्य बस्तुमा भएको परनिर्भरता जस्तै फूल तथा मालामा समेत हामी आत्मनिर्भर हुृन सकेका छैनौ । तिहारमा मुख्य गरिे मखमली , सयपत्री, गोदावरी तथा अन्य फूलहरु अधिकतम प्रयोग हुने गर्दछ । यसरी प्रयोग हुने फूल स्वदेशी उत्पादनले नपुगेर छिमेकी मुलुक भारतबाट ल्याउन पर्ने बाध्यता रहेको छ ।

हरेक वर्षको तिहारको समयमा करिब १५ करोड भन्दा बढि मुल्य बराबरको फूलको कारोबार हुने गरेको पाइएको छ । तिहारको समयमा खपत हुने फूलहरुमध्ये केही मात्रामा स्वदेशी उत्पादनले पुग्दछ भने केही मात्रामा भारतको भर पर्नुपरेको छ । साथै अघिल्लो वर्षको तिहारको तुलनामा यस वर्ष ८ लाख रुपैयाँभन्दा बढिको फूल आयात हुने भएको छ । गत वर्षको तिहारमा करिब १७ लाख माला बजारमा माग रहेको थियो । भने यस वर्ष करिब २५ लाखको हाराहारीमा मालाको माग बजारमा भइरहेको पाइएको छ । आफूलाइ आवस्यक पर्ने फूलमा समेत निर्भर हुन नसक्नुले एकातिर हाम्रो परनिर्भरता बढ्दै गएको पाइन्छ भने अर्कोतिर नेपाली पैसा बाहिरिरहेको छ ।

फूलको प्रयोग अन्य दैनिक उपभोग्य बस्तुको जतिकै नभएतापनि विभिन्न शुभकार्यका लागी भने अत्यावस्यक नै हुन गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा त्यसबेला फूल बढी प्रयोग हुने गरेको छ ।

तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।

नेपालमा विसं २००७ सालदेखि नै पुष्प व्यवसाय शहरीकरणको विकास एवं विस्तार गर्न थालिएको हो। तर पनि फूलमा प्रयाप्त मात्रामा उत्पादन गर्न नसक्नुले हामीमा परनिर्भरताको पराकाष्टालाइ स्पष्ट रुपमा देखाउने गर्दछ ।

नेपालमा पनि फूल खेतीको सम्भावना र व्यबसायीक खेती भने नभएको होइन । त्यस्ता धेरै उदाहरणहरु छन् जसले फूलखेतीबाट प्रसस्त आम्दानी गर्न सकिन्छ भन्ने कुरालाइ देखाउँदछ ।  काठमाडौं नागार्जुन नगरपालिकाका ज्ञान बहादुर श्रेष्ठ नेपालमा फूल खेतीको व्यबसायीकीकरणको लागी एक उदाहरणीय प्रतिनिधी पात्र हुन् । आफ्नो पुख्र्यौली १०/१२ रोपनी खेतबारी मध्ये करीब १ रोपनीमा रोपिएको फूलबाट मनग्य आम्दानी गर्दै  आएका छन् ज्ञानबहादुर । नेपालमा केही गर्न सकिदैन भनेर बिमानस्थलमा बिदेश जानेहरुको लाइन लागीरहेको यो बेलामा सानो लगानीबाट मनग्य आम्दानी गर्दै जहान परिवार धानेका ज्ञानबहादुरको कथा सबैको लागी पे्ररक बन्न सक्छ ।

साथसाथै नेपालमा हरेक कुराको सम्भावना हुँदाहुदै पनि काम गर्न नसक्नुका विविध कारणहरुपनि ज्ञानबहादुरले प्रष्टयाएका छन् । नेपाललाइ कृषि प्रदान देशको मान्यता दिइएपनि कृषिमा उचित व्यबसायीकीकरण गर्न सकिएको भने छैन् । नेपालमा कृषिको नाममा धान गँहु मकै मात्र फलाउनुलाइ मानिएको छ । तर वर्षको एक मौसममा मात्र फूल्ने फूलले अन्य बालीनाली भन्दा बढि मात्रामा आम्दानी हुने गर्दछ । तर फूलखेतीको व्यवसायीकतामा आएको ह्रासका कारण पनि बाहिरबाट आयात गर्नुपरेको छ ।

फूलमा मात्र होइन अन्य धेरै कुरामा नेपाल आत्मनिर्भर हुन सकेको छैन् । एक त दैनिक हजारौँको मात्रामा युवा बिदेश पलायन हुनुले परनिर्भरताको खाडल झन बढ्दै जाने देखिन्छ । तिहारको माहोलले नेपाली जनलाइ लगभग छोपीसकेको छ । तिहारको लागी फूल तथा माला र अन्य कुराहरुको आयात एवं बन्दोबस्ती हुन थालिसकिएको छ । बिडम्बना तिनै दाजुभाइको लागी लगाइदिने माला आयात हुँदैगर्दा दाजुभाइ भने दैनिक हजारौँंको मात्रामा  बाहिरिँदैछन् । तिहारको माहोलमा पनि दाजुभाइ बाहिरिने र फूल तथा माला मात्र भित्रिनाले अवस्यपनि चेलीको मन रुने गर्दछ । कल्पना गरौं त तिनै बिदेशिएका दाजुभाइलाइ नेपालमै राखेर फूलखेतीतर्फ आकर्षण गर्न सकियो भने फूलप्रतिको परनिर्भरता र नेपालको बेरोजगारी समेत अन्त्य हुने देखिन्छ ।

नेपालमा वेरोजगारी बढ्नु र युवा पलायन हुनुमा सरकार साथै बिदेशिएका युवाहरु दुवै दोषी देखिन्छन् । एकातिर नेपालमा केही गर्न सकिदैँन भन्दै युवाहरु बिदेशिने गरेका छन् । भने नेपालमै केही गर्न सकिन्छ भनेर आएका युवाहरुलाइ पनि सरकारले युवा लक्षित कार्यक्रम ल्याइ नेपालमा राख्न सकिरहेको छैन् । नेपालको कृषि लगाएतका कुराको परनिर्भरतालाइ अन्त्य गर्नका लागी सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने दखिन्छ । साथै केहि गर्न सकिदैँन भनेर बाहिरिने युवाहरुले पनि ज्ञानबहादुरले जस्तै नेपालमै सानोतिनो रोजगारीको सिर्जना गरी बिदेशप्रतिको मोह त्याग्नुपर्ने देखिन्छ ।

शुभ तिहार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?