बसको ठक्करबाट कुखुराको भाले मरेपछि…

काठमाडौं । दाङमा बसको ठक्करबाट कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका थिए ।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?