तिहारमा यसकारण प्रयोग गरिन्छ गोदावरी फूल

गोदावरी चीनको मौलिक फूल हो । इसापूर्व १५०० वर्षतिरै चीनमा औषधिका लागि यस फूलको खेती गरिन्थ्यो ।

१८ औं शताव्दीमा जापान र युरोपमा १७ औं शताव्दीमा पुगेको यो फूल पर्सिया हुँदै भारत छिरेको हो । काठमाडौं कहिले पसेको हो भने यकिन छैन तर सन् १८९३ मा इलामका वयाकरण नेपाल नामक व्यक्तिको बगैंचामा यो देखिएको दस्तावेज छ, सायद दार्जिलिङतिरबाट ल्याइएको हुनसक्छ । भारतमा यसलाई गुल(फूल) दाउडी भनिन्छ । यही शब्दबाट अपभ्रंष हुँदै नेपालमा यस फूललाई ‘गोदावरी’ भनिएको हुनसक्छ भन्ने अनुमान छ । चाइनिज भाषामा यसको नाम ‘चु’ हो । कात्तिक मङ्सिर महिनामा फूल्ने हुनाले यस फूललाई ‘नोभेम्बर फ्लावर’ पनि भनिन्छ ।

जापान, कोरिया, चीन, फ्रान्स, इटाली र पोल्याण्डमा सेतो गोदावरीको फूल दिवंगत आत्माको चिरशान्ति कामनामा श्रद्धा स्वरुप चढाउने चलन छ ।

एसियाका विभिन्न स्थानहरुमा यसको चिया पिउने चलन छ भने चीनमा यसको पत्तालाई उमालेर वा उसिनेर सेवन गरिन्छ । नासाको एक अनुसन्धानअनुसार यस फूलले वायु प्रदुषण कम गर्न मद्दत पु-याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?