आज साँझ यमदिपदान गरिँदै, के हो यमदिपदान ?

काठमाडौं । नेपालीहरुको दोश्रो ठुलो पर्व तिहार आजबाट सुरु भएको छ । तिहार अन्तर्गत आज यमदिपदान रहेको छ । बेलुकी यमदीप दान शुरु गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीप दान आजदेखि शुरु हुने भए पनि काग तिहार भने भोलि शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यमदिपदान भन्नाले यमपञ्चक भर यमराजको प्रार्थना गरि तुलाशीको मोठमा दिप बाल्नुलाई बुझिन्न्छ । यसरी तिहार पाँच दिनसम्म प्रत्येक साँझ दियो बालेर यमराजको प्रार्थना गर्नु नै यमदिपदान हो ।
कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनबाट शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म (पाँच दिन) मनाइने तिहार वर्ष द्वादशीबाटै सुरु भएको छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई बत्ति नै बत्तिको पर्व पनि भनिन्छ । तिहारलाई दीपावली ९दिवाली०पनि भनिन्छ । धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।
यमपञ्चक अर्थात् तिहारमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?