काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले भट्टराईको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उहाँको नाम मात्र सिफारिस गरिएको जनाइएको छ ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया